Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महानगरको डोजर माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि चल्यो 


    सोमबार, भाद्र २७ २०७९
    1.7K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । अवैध संरचना हटाउने अभियान जारी राख्दै काठमाडौं महानगरपालिकाले आज पनि डोजर चलाएको छ। काठमाडौं महानगरपालिका -१६, बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि महानगरले डोजर चलाएको हो।

    महानगरले गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा डोजरमार्फत भत्काउने काम गरिरहेको छ ।

    यसअघि आइतवार मात्र काठमाडौं महानगरपालिकाले जडिबुटी क्षेत्रको अवैध संरचना हटाएको थियो । 

    महानगरपालिकाले हालसम्म सुन्धारा, न्यूरोड, त्रिपुरेश्वर, नयाँबानेश्वर, काटेश्वर, जडिबुटी, गोंगुबलगायतका क्षेत्रका अनधिकृत संरचना हटाइसकेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार