काठमाडौं । मंगलबार देशभर २ सय ५९ जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा ७ हजार ६ सय ८७ जनामा गरिएको पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ। काठमाडौं उपत्यकामा ६२ जना संक्रमित भेटिएका छन् ।
नेपालमा पछिल्लाे २४ घण्टामा ६५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १५ हजार २६ पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ५ हजार ९ सय २५ रहेको छ ।
यस्तै आजसम्म कुल १० हजार ९ सय ३४ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै मंगलबार थप जनाको मृत्यु भएको छ । योसँगैनेपालमा अहिलेसम्म संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ।