Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल जारी 


    सोमबार, भाद्र २७ २०७९
    915
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । आसन्न निर्वाचनका लागि सीट बाँडफाँटमा सहमति जुटाउन सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू बैठक बसेको स्रोतले जनाएको छ। 

    उक्त बैठक बिहान ८ बजे बस्ने भनिए पनि ढिलो गरी सुरु भएको हो । यसअघि ११ सदस्यीय कार्यदलले प्रतिनिधि सभा सदस्यका १६५ सिटमध्ये ९० सिटमा मात्रै सहमति जुटेको जनाएको थियो ।

    पटक-पटक बैठक बस्दा पनि सत्तारुढ दललाई सिट बाँडफाँट गर्न सकस परिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार