Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिहे भएको १० वर्षपछि ललिताले जन्माइन तिम्ल्याहा बच्चा 


    आइतबार, भाद्र २६ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । पर्सामा एक महिलाले एकैपटक तीन वटा बच्चा जन्माएकी छन् । पर्सागढी नगरपलिका ९ ललिता देवि थारुले प्रभु हस्पिटलमा तीन वटा बच्चा पाएकी हुन् ।  

    दश वर्षअघि वृज थारुसँग बिहे गरेकी ललिताले आईभिएफ प्रविधि अपनाएर गर्भ राखेकी थिइन् । आर्थिक अवस्था कमजोर भएकी उनको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापाको टिमले शल्यकृया गरेर तीनवटै बच्चा निकालेको प्रभु हस्प्टिलले जनाएको छ । 

    प्रभु हस्पिटलका अनुसार निकै जोखिम मानिएको अप्रेसनमा एनेथेसियाका डा. सन्देश यादव, शिशु तथा बाल रोग विशेषज्ञ डा. नविन झा, नर्स स्टाफ, रमिता गिरी, अनिल पटेल, मेनुका घिमिरे, पचिया खातुन, कृष्णा ठाकुर लगायतको सहयोगमा सफल भएको थियो। 

    व्याथा लागेपछि विभिन्न अस्पतालबाट अन्यत्र लैजान सल्लाह दिएपछि उनलाई प्रभु हस्पिटल लगिएको थियो। हाल आमा र बच्चा स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार