Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लगनखेलस्तिथ मञ्जुश्री पेट्रोलपम्प हटाउँदै ललितपुर महानगर


    आइतबार, भाद्र २६ २०७९
    765
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलमा लामो समयदेखि सञ्चालनमा रहेको मञ्जुश्री पेट्रोल पम्प हटाउने भएको छ । अवैध रुपमा सञ्चालनमा रहेको भन्दै उक्त पम्पलाई महानगरले हटाउने भएको हो। 

    महानगरले सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियान चलाएपछि १२ नम्बर वडामा रहेको उक्त पेट्रोल पम्प हटाउन थालिएको महानगरले जनाएको छ ।

    महानगरका मेयर चिरिबाबु महर्जनसहितको टोली अहिले लगनखेल पुगेर उक्त पेट्रो सेन्टर सिल गरेका छन् । महानगरले पटक–पटक पत्राचार गर्दा पनि सेन्टरले अटेर गरेकाले मेयर आफै आएर सिल गर्न बाध्य भएको महानगरले जनाएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार