Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्ता गठबन्धनको अझै टुंगिएन सिट बाँडफाँट, भोलि फेरि बैठक बस्ने 


    आइतबार, भाद्र २६ २०७९
    1.8K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज आइतबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट अझै टुंग्याउन सकेको छैन। गठबन्धनका शीर्ष नेताहरु पटक-पटक बैठक बस्दा पनि सिट बाँडफाँटको टुंगो लगाउन भने सकस भएको छ ।

    आज बसेको बैठकमा पनि बाँडफाँट नटुंगिएपछि सोमबार बिहान ८ बजे पुनः बैठक बस्ने एकीकृत समाजवादी सम्मानीत नेता झलनाथ खनालले बताए । 

    आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्र भएको उनले जानकारी दिए । बैठकमा तालमेलका विषयमा कुराकानी भए पनि सिट बाँडफाँट भने टुंगो नलागेको जानकारी दिएका खनालले कार्यदलले तयार पारेको प्रतिवेदनका विषयमा भने रिपोर्टिङ भएको बताए । 

    सोमबारको बैठकले सिट बाँडफाँटको टुंगो लगाउने उनको दावा छ ।
     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार