काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेकाले लकडाउन गर्न उपयुक्त हुने सुझाव दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले दुई हप्ता लकडाउन गर्न सुझाव दिएका हुन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रम ओलीले विज्ञहरु तथा प्रतिपक्षी दलका नेताहरुसँग छलफल गरेका थिए । छलफलमा दुई हप्ता लकडाउन गर्न सुझाव आएको थाहा भएको छ । विज्ञहरुको सुझाव र तर्कसंग प्रधानमन्त्री ओली कन्भिन्सड भएको बालुवाटार स्रोतले जानकारी दिए ।
आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उपस्थित थिए । देउवा र ठाकुरले कोरोना नियन्त्रणमा सरकारको भूमिका फितलो भएको विचार राखेका थिए ।
यस्तै सभापति देउवाले छलफल मात्र नगरी कार्यन्वयनमा लागिहाल्न सुझाव दिएको बताइएको छ ।