Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य चापागाईं एमालेमै फर्किए 


    आइतबार, भाद्र २६ २०७९
    635
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष बालकृष्ण चापागाईं एमालेमा फर्किएका छन् । एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा आइतबार चापागाईंलाई खादा लगाई पार्टीमा स्वागत गरेका हुन् ।

    रुपन्देहीको बुटवल निवासी चापागाईं पुराना पत्रकार हुन् । एमालेका पुराना कार्यकर्ता चापागाईं गत वर्ष पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका थिए । एकीकृत समाजवादीका केन्द्रीय सदस्य चापागाईं उक्त पार्टीको अर्थ तथा योजना विभागको उपप्रमुख र रुपन्देही जिल्लाको निवर्तमान सहइन्चार्ज थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार