Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महाअभियोग सिफारिस समितिको बैठक बस्दै


    आइतबार, भाद्र २६ २०७९
    835
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज मध्यान्ह १२:३० बजे सिंहदरबारमा बस्दैछ । 

    निलम्बित प्रधानन्यायाधीश जबराले आजको बैठकमा पनि बयान दिने कार्यसूची रहेको छ । समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अहिलेसम्म ११ वटा प्रश्नको मात्र जवाफ दिएका छन् । 

    जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् ।

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध गत २०७८ फागुन २१ गते ९८ सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। फागुन २२ गते प्रतिनिधि सभाले महाअभियोगबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो।

    त्यस्तै,राणाविरूद्ध  दर्ता भएको महाभियोग प्रस्ताव छलफलका लागि २०७८ फागुन २९ गते प्रतिनिधि सभामा पेश भएको थियो। तर, २०७९ साउन २२ गते मात्र महभियोग सिफारिस समितिमा पठाएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार