Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दक्षिण कोरियामा भीषण वर्षा, १३ जनाको मृत्यु


    मंगलबार, साउन २० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सियोल । दक्षिण कोरियामा विगत चार दिनदेखिको भीषण वर्षाका कारण मंगलबारसम्म १३ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् ।

    केन्द्रीय विपद निकायका अनुसार कोरियाको मध्य क्षेत्रमा अगष्ट १ देखि निरन्तर भइरहेको वर्षाले जनधनको ठूलो क्षति भएको हो । भारी वर्षाबाट राजधानी सियोल र वरपरका क्षेत्र व्यापक प्रभावित भएका छन् ।

    उत्तरी चुङचियोङ प्रान्तका ५५५ परिवार समेत एक हजार २५ जनालाई सुरक्षित स्थलमा सारिएको छ । करिब ५ हजार ७५१ हेक्टर जमिन डुबानमा परेको छ भने निजी तथा सरकारी सम्पत्तिमा क्षति पुगेको छ ।

    वर्षा प्रभावित मानिसको उद्धार एवं राहतका लागि २५ हजारभन्दा बढी प्रहरी, स्वयंसेवी र अन्य उद्धारकर्मी परिचालन गरिएको सरकारले जनाएको छ । सिन्ह्वा

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार