Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा एसकी सङ्गिता तामाङ प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ सिफारिस


    आइतबार, भाद्र २६ २०७९
    485
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • चरिकोट । प्रतिनिधि सभाको सदस्यमा समानुपातिक तर्फको पदमा दोलखाबाट सङ्गिता तामाङ सिफारिस भएकी छिन् । आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि एकीकृत समाजवादीबाट प्रतिनिधि सभा सदस्यपदका लागि उम्मेदवार सिफारिस भएकी हुन् ।
    दोलखाबाट नै सिर्जना कार्की र दिपक धनुके समेत सिफारिस भएका छन् ।

    सङ्गिता तामाङ नेकपा एकीकृत समाजवादीकी जिल्ला सहसचिव, एकीकृत समाजवादी बागमती प्रदेश महिला सङ्घ सचिव र स्थानीय निर्वाचनमा भीमेश्वर नगरपालिकाका गठबन्धनको तर्फबाट उपमेयरकी साझा उम्मेवार भई निकटतम प्रतिद्वन्दी हुन् । उनी ३३०० मत बदर हुन पुग्दा हुँदा ३४३ मतले मात्र पछाडि परेकी थिइन् । उनी विद्यार्थी राजनीतिबाट दोलखा जिल्ला उपाध्यक्ष हुँदै अनेरास्ववियू केन्द्रीय सदस्यमा दुई कार्यकालसम्म जिम्मेवारी निर्वाह गर्न सक्षम विद्यार्थी नेतृत्व हुन् ।

    अनेरास्ववियूको केन्द्रीय सदस्यको जिम्मेवारीसँगै उनको दोलखा जिल्लामा केन्द्रीय राजनीतिमा समेत पहुँच राख्ने नेतृ हुन् । निडर, हक्की स्वभावकी
    नेतृ संगिता तामाङले आफ्नो राजनीतिक जीवन भने कक्षा ६ पढ्दै अनेरास्ववियु प्रारम्भिक कमिटीमा आबद्ध भई १४ वर्षकै उमेरबाट प्रारम्भ गरेको हुन् । काभ्रेपलाञ्चोक जिल्लाका भाषाविद एवम नेपाल सरकारका उपसचिव तत्काली दोलखाका जिल्ला शिक्षा अधिकारी डा.लोकबहादुर लोप्चनसँग विवाह पश्चात दोलखा उनको लागि माइती जिल्ला हुन पुगे पनि करिब २० वर्ष भन्दा लामो राजनीतिक यात्रा र लगानी दोलखामै भइसकेको कारण उनी दोलखालाई नै राजनीतिभूमि वा सेवा क्षेत्र बनाउन चाहन्छिन् त्यसैको प्रमाण हो भीमेश्वर नगरपालिकाको उपमेयरमा उनको उम्मेदवारी । प्राविधिक रूपमा उनी स्थानीय निर्वाचनमा पछि परे पनि बदर मत समेत नियाल्दा उनले अत्यधिक लोकप्रिय मत प्राप्त गर्न सकेकी छन् ।

    आगामी चुनावमा जनतामाझ गई विश्वास जितेर आवश्यक मत प्राप्त गर्ने विश्वासउनले लिएकी छिन् । तथापि, समानुपातिक बन्दसूचीमा परेर देशभरि पार्टीले
    प्राप्त मतको आधारमा मात्र मनोनयन हुन सक्ने भएकोले सङ्घीय संसदमा पुग्ने उनको यात्रा प्रतीक्षाको विषय बनेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार