काठमाडौं । यतिबेला काठमाडौं कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ । जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको शंका लागेका स्वाब संकलन गराउनका लागि आव्हान गरेको छ ।
कोरोनाको शंका लागेका तथा जोखिमयुक्त ठाउँबाट आएका मानिसलाई स्वेच्छिक रुपमा स्वाब दिइ परीक्षण गराउन मन्त्रालयले आव्हान गरेको हो । संक्रमण बढेसँगै यतिबेला सर्वसाधारणमा छाएको यो अन्योललाई मन्त्रालयको यो सूचनाले राहत दिएको छ ।
मन्त्रालयले उपत्यकाका विभिन्न १४ वटा अस्पताललाई स्वाब संकलन केन्द्र तोकेको छ। जसमा पाटन, सिभिल, टिचिङ, टेकु, वीरेन्द्र, स्टार, नेपाल प्रहरी, भक्तपुर, केएमसी, वीर, सशस्त्र प्रहरी, प्रसूति गृह, नेपाल कोरिया मैत्री र ह्याम्स अस्पताल छन्।
‘शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरू, जोखिमयुक्त स्थानहरूबाट आउनु भएका व्यक्तिहरूले नजिकको स्वाब केन्द्रमा बिहानको ९ बजेदेखि १ बजेसम्म गई स्वाब परीक्षण गर्न अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।
साथै, संक्रमण जोखिम बढेको भन्दै मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड अनिवार्य रूपमा पालन गर्न आग्रह गरेको छ।
मानिसहरूलाई घरमै बसेर चाडपर्व मनाउन पनि मन्त्रालयले अपील गरेको छ।
यस्तो छ स्वाब संकलन हुने प्रयोगशालाको विवरण:
