Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण


    मंगलबार, साउन २० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यसअघि सोही कार्यालयमा कार्यरत एक प्रहरीमा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । परीक्षणका क्रममा १५ जनामा संक्रमण पुष्टि भएको अख्तियार स्रोतले जानकारी दियो ।

    गत आइतबार स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । परीक्षणको नतिजा मंगलबार आएको हो ।

    यसअघि नै प्रहरी हेर्डक्वार्टरमा कार्यरत प्रहरीहरुमा संक्रमण देखिएको छ । आज संक्रमण पुष्टि भएका कसैमा पनि कोरोनाको लक्षण नदेखिएको बताइएको छ । 

    स्वास्थ्य प्रोटोकल अनुसार गरिएको परीक्षणमा १५ संक्रमित भेटिएसँगै उनीहरु सम्पर्कमा आएकाको पनि परीक्षण गर्नुपर्ने भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार