Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति भण्डारीले गरिन् महारानी एलिजाबेथको निधनप्रति शोक व्यक्त 


    शुक्रबार, भाद्र २४ २०७९
    930
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन् । काठमाडौँको लैनचौरस्थित बेलायती दूतावासमा आज शुक्रबार दिउँसो पुगेर राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथको निधनप्रति शोक व्यक्त गरेकी हुन् । 

    सात दशक राजगद्दीमा बसेकी ९६ वर्षीया बेलायतकी महारानी एलिजाबेथको हिजो बिहीबार निधन भएको हो । राष्ट्रपति भण्डारीले शुक्रबार दिउँसो दूतावास पुगेर महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

    महारानीको निधन खबरले आफू दुःखी भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आफ्नो र नेपाल सरकारको तर्फबाट एलिजाबेथप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार