Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महारानीको निधनमा पूर्वराजा ज्ञानेन्द्र भावुक हुँदै यसो भन्छन् 


    शुक्रबार, भाद्र २४ २०७९
    680
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। बेलायती महारानी एलिजाबेथ द्वितियाको निधन खबरले अत्यन्त दुःखी बनाएको पूर्वराजा ज्ञानेन्द्र शाहले बताए। 

    पूर्वराजा ज्ञानेन्द्रको तर्फबाट उनका संवाद सचिव डा. फणीराज पाठकले आज शोक सन्देश जारी गर्दै महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली प्रकट गरिएको छ । सन्देशमा शोकसन्तप्त राजपरिवार, बेलायती सरकार एवम् बेलायती जनतामा समवेदना व्यक्त गरिएको छ ।

    स्वर्गीय महारानी एलिजाबेथले सबैभन्दा लामो समय सात दशक राजगद्दीमा बसेर शालीन र उच्च राजकीय मूल्य निर्वाह गरेको र नेपालप्रति देखाएको अगाध आत्मीयता स्मरण भइरहने पूर्वराजा ज्ञानेन्द्रले उल्लेख गरेका छन्। 

    महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा हिजो निधन भएको हो । उनले विगत ७० वर्षदेखि बेलायको राजगद्दी सम्हालेकी हुन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार