Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्देशक दिनेश लिङ्देनद्वारा प्रतिनिधिसभा सदस्य उम्मेदवारी घोषणा


    शुक्रबार, भाद्र २४ २०७९
    855
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। निर्माता तथा निर्देशक दिनेश लिङ्देनले पाँचथर जिल्लाबाट आगामी प्रतिनिथि सभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन्। उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य पदका लागि  एउटामात्र प्रतिनिधिसभाकाे निर्वाचन क्षेत्र रहेको पाँचथरबाट उम्मेदवारी दिने भएका हुन् । 

    निर्माता तथा निर्देशक लिङ्देनले सीप– योग्यतालाई रोजगार, शिक्षामा सुधार, कृषिलाई बजार र विशेष प्राथमिकताका साथ स्वास्थ्य उपचार भन्ने मुख्य एजेन्डा लिएर पाँचथरबाट संघीय सांसदका लागि उम्मेदवारी दिने बताएका छन् ।

    लिङ्देन लामो समय नेकपा माओवादीको विभित्र संगठनहरुको केन्द्रीय कमिटिमा रहेर काम गरिसकेका छन् ।

    उनले पाँचथर र पाँचथरवासीका लागि निस्वार्थ भावसहित सांसद वा माननीय नभई एउट सेवक भएर काम गर्ने इच्छाशक्तिका साथ उम्मेदवारी दिएको दाबी गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार