Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • आइएमईको चाडवाड अफर : आइएमई साथैमा , मोवाइल हातैमा , १० लाख खातैमा


    शुक्रबार, भाद्र २४ २०७९
    630
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं। आइएमईले दशैं, तिहार र छठ पर्वको अवसरमा  आफ्ना ग्राहकलाई लक्षित गरी  अफर सार्वजनिक गरेको छ। आइएमईले सार्वजनिक गरेको अफर अनुसार, विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसङ मोबाइल उपहार दिइनेछ।
    हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार दिइने कम्पनीले जनाएको छ।  आइएमईका अनुसार एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहार दिइनेछ।

    गत बुधवार पानीपोखरी काठमाडौंस्थित आइएमई केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत  अफर सार्वजनिक गरिएको हो। कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ब्राण्ड एम्बासडर दीपकराज गिरी, आइएमई ग्रुपका भाइस प्रेसिडेन्ट रूद्रराज पौडेल लगायत ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    देशको आर्थिक क्रियाकलापमा रेमिटेन्सको भूमिका महत्त्वपूर्ण छ भन्ने कुरा अहिले आएर झनै प्रष्ट भएको भन्दै उनले विदेशबाट आउने रेमिटेन्स बढाउन सबैले भूमिका खेल्नु पर्ने बताए।

    अध्यक्ष ढकालले एक फरक प्रसंगमा गैर आवासीय नेपाली संघसँगको सहकार्यमा निर्माण सम्पन्न भएको २७ मेघावाट क्षमताको दोर्दी खोलाको विद्युतीय उत्पादन मंगलबार मात्र राष्ट्रिय प्रसारण केन्द्रमा जोडिएको जानकारी गराए। 

    ब्राण्ड एम्बासडर दीपकराज गिरीले सँधै जस्तो यसपटक पनि आइएमईको अफरमा सहभागी हुन् आग्रह गरे।

    भाइस प्रेसिडेन्ट रूद्रराज पौडेलले सधैं आम सेवाग्राहीहरूलाई सरल, सुलभ र विश्वस्तरीय रेमिटेन्स सेवा प्रदान गर्न आइएमई प्रतिवद्ध रहेको बताउँदै चाडपर्वको समयमा रेमिटेन्स आप्रवाह बढ्ता हुने हुँदा समयमै झन्झटरहित ढंगले रेमिटेन्स सेवा दिन प्रतिवद्ध रहेको बताए।

    कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित हुनेछ। अफर २०७८ साल भदौ १६ गतेदेखि कात्तिक १६ गतेसम्म कूल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ।

    अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्र मार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू तथा मिडिया मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार