Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विज्ञहरुसँग छलफलमा प्रधानमन्त्री, देउवा र ठाकुर पनि उपस्थित


    मंगलबार, साउन २० २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले विज्ञहरुसँग परामर्शमा व्यस्त भएका छन् । काठमाडौं लगायत देशैभरी कोरोना संक्रमित बढेसँगै प्रम ओलीले यसबारेमा थप निर्णय गर्नका लागि विज्ञहरुसँग छलफल गरिरहेका हुन् ।

    सोमबार पनि प्रम ओलीले विज्ञहरुसँग यही विषयमा छलफल गरेका थिए । 

    मंगलबारको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समेत उपस्थित छन् । 

    कोरोनाको कारण बढेको जोखिमका कारण प्रम ओली प्रतिपक्षी दलका नेताहरुसहित विज्ञसँग छलफल गरिरहेको प्रम ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

    पछिल्लो समय संक्रमण व्यापक फैलिएको भन्दै विशेष सजगता अपनाउन जनस्वास्थ्य विज्ञहरुले आग्रह गरिरहेका छन् । सोही कारण अब कस्तो कदम चाल्ने भन्ने विषयमा विज्ञहरुलाई बोलाइ प्रमले छलफल गरेको बताइएको छ । 
     
    116900440_179551553551457_4393470391410771809_n.jpg
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार