Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महानगरपालिकाले सेना र प्रहरीलाई १० दिनभित्र बहाल कर तिर्न गर्यो आग्रह


    बिहिबार, भाद्र २३ २०७९
    865
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतका निकायलाई १० दिनभित्र बहाल कर तिर्न सूचना जारी गरेको छ।  

    नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन आग्रह गरेको हो ।

    महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले पत्र लेखी पटक पटक आग्रह गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन चेतवानी दिएको हो ।

    त्यस्तै  महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने पत्रमा उल्लेख गरिएको छ ।

    नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहालकर तिर्न काठमाडौं महानगरपालिकाले पत्राचार गरेको छ ।

    download (1).jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार