काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादका कारण समूह सदस्यकाबीच भेट हुने र छुटिने क्रम जारी छ । कुनै बेला प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको समूहमा दह्रो साथ उभिएका वामदेव गौतम अहिले विरोधी समूहसँग तर्किएर बसेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल समूहको भेलामा समेत उपस्थित हुन छोडेका वामदेव अहिले अधिकांश समय आफ्नै निवासमा बिताइरहेका छन् । मंगलबार भने वामदेवलाई भेट्न प्रचण्ड उनको निवास नै पुगेका छन् । गत साता ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि नै वामदेवलाई ओली समूहमा लागेको आरोप लागिरहेको छ ।
पछिल्लो समय प्रम ओली र प्रचण्डबीचको टसलमा वामदेवको भूमिकालाई एक हदसम्मको निर्णायक भनिएको छ । यस्तोमा आजको भेटलाई राजनीतिक रुपमा चासोको रुपमा हेरिएको छ ।
आज साँझ प्रम ओली र प्रचण्डबीच छलफल हुने तय छ । सोमबारको वार्ता केही सकारात्मक भएको भनिएपनि आजको छलफललाई बढी महत्वका साथ हेरिएको छ ।
यतिबेला प्रचण्ड समूह आफ्ना भनाइ लिएर स्थायी समितिमा जानुपर्ने लाइनमा छन् भने प्रम ओली भने पहिला सहमति गरेर मात्रै स्थायी समिति पुन: सञ्चालन गर्नुपर्नेमा अडिग छन् ।
यही विषयमा नै कुरा गर्नका लागि प्रचण्ड आज वामदेव निवास गएको बालुवाटार स्रोतको दावी छ ।
वामदेवले अब आफू कुनै समूहको भेलामा नजाने भनेकाले प्रचण्ड स्वयं नै उनीलाई भेट्न गएको बुझिएको छ । यसअघि गत साता प्रम ओली आफ्नो परिवारसहित वामदेव निवास पुगेका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend