काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादका कारण समूह सदस्यकाबीच भेट हुने र छुटिने क्रम जारी छ । कुनै बेला प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको समूहमा दह्रो साथ उभिएका वामदेव गौतम अहिले विरोधी समूहसँग तर्किएर बसेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल समूहको भेलामा समेत उपस्थित हुन छोडेका वामदेव अहिले अधिकांश समय आफ्नै निवासमा बिताइरहेका छन् । मंगलबार भने वामदेवलाई भेट्न प्रचण्ड उनको निवास नै पुगेका छन् । गत साता ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि नै वामदेवलाई ओली समूहमा लागेको आरोप लागिरहेको छ ।
पछिल्लो समय प्रम ओली र प्रचण्डबीचको टसलमा वामदेवको भूमिकालाई एक हदसम्मको निर्णायक भनिएको छ । यस्तोमा आजको भेटलाई राजनीतिक रुपमा चासोको रुपमा हेरिएको छ ।
आज साँझ प्रम ओली र प्रचण्डबीच छलफल हुने तय छ । सोमबारको वार्ता केही सकारात्मक भएको भनिएपनि आजको छलफललाई बढी महत्वका साथ हेरिएको छ ।
यतिबेला प्रचण्ड समूह आफ्ना भनाइ लिएर स्थायी समितिमा जानुपर्ने लाइनमा छन् भने प्रम ओली भने पहिला सहमति गरेर मात्रै स्थायी समिति पुन: सञ्चालन गर्नुपर्नेमा अडिग छन् ।
यही विषयमा नै कुरा गर्नका लागि प्रचण्ड आज वामदेव निवास गएको बालुवाटार स्रोतको दावी छ ।
वामदेवले अब आफू कुनै समूहको भेलामा नजाने भनेकाले प्रचण्ड स्वयं नै उनीलाई भेट्न गएको बुझिएको छ । यसअघि गत साता प्रम ओली आफ्नो परिवारसहित वामदेव निवास पुगेका थिए ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend