Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौँ महानगरपालिकाले अनाधिकृत पर्खाल भत्काउन दियो ३५ दिने अल्टिमेटम 


    बिहिबार, भाद्र २३ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अनधिकृत अर्थात् नक्सा पास विना बनाइएका पखार्ल भत्काउन ३५ दिने सुचना जारी गरेको छ । महानगरले पत्रपत्रिकामा सुचना सार्वजानिक गर्दै नक्सा पास विना बनाइएका पर्खाल(कम्पाण्ड) हटाउन आदेश दिएको हो।

    महानगरपालिकाको क्षेत्रभित्र प्रचलित भवन निर्माण सम्बिन्धी मापदण्डले तोके बमोजिम जुनसुकै प्रकृतिका घर जग्गा घेर्न निर्माण गरिने पर्खालको नक्सा पेस गरि प्रचलित कानुन बमोजिम नक्सा पास भएपछि सो नक्सा बमोजिम मात्र सीमा पर्खाल बनाइएको हुनुपर्ने बताएको छ ।

    ३५ दिनभत्रि नियमित हुने प्रकृतिका सीमा पर्खालको हकमा नक्सा पेस नगरेमा र मापदण्ड विपरीतका सीमा पर्खालहरु नहटाइएमा महानगरटोलीले त्यस्ता सीमा पर्खाल भत्काउने चेतावनि दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार