Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनासँग नेता रामचन्द्र पौडेल शतर्क, बन्द गरे भेटघाट


    मंगलबार, साउन २० २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना जोखिम विरुद्ध शतर्कता अपनाएका छन् । उनले अहिलेका लागि सबै खालका भेटघाटका कार्यक्रम रोकेका हुन् ।

    काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या ह्‍वात्तै बढेकाले पौडेलको सचिवालयले एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि भेटघाटका कार्यक्रम बन्द गरिएको जानकारी दिएको हो ।

    ‘अत्यावश्यक बाहेकका भेटघाट कार्यक्रम केही समयका लागि बन्द गरिएको छ,’ पौडेलको सचिवालयले भनेको छ । काम परेमा भर्चुअल बैठक र टेलिफोनबाट कुराकानी गर्न पौडेलको सचिवालयले आग्रह समेत गरेको हो ।

    ramchandra-press.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार