Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधि टोलीबीच शिष्टाचार भेट  


    बिहिबार, भाद्र २३ २०७९
    815
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि टोली र सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    बिहीवार विहान फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष डानियल सालमोन नेतृत्वमा रहेको प्रतिनिधि टोलीले सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेट गरेको हो । 

    भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रिपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गरे । 

    सभामुख सापकोटाले उक्त भेटको क्रममा जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रुपमा परिरहेको चर्चा गर्दै यसको मिलेर सामना गर्नु पर्ने बताए ।

    सभामुख सापकोटाको प्रश्तावको प्रतिउत्तरमा फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष सालमोनले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न सबैले शक्ति लगाउनु पर्ने बताए  ।  
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार