काठमाडौ । बजाजको आधिकारिक बितरक हंसराज हुलास चन्द एण्ड कम्पनीेले आफना ग्राहकहरुलाई दशैंतिहारकोे अफर सार्वजनिक गरेको छ । नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल कम्पनी बजाजको आधिकारिक बितरक हंसराज हुलास चन्द एण्ड कम्पनीेले दशैंतिहारकोे अफर सार्वजनिक गरेको हो ।
प्रत्येक बर्ष झै यो बर्ष पनि कम्पनीले दशैंतिहार र छठजस्ता चाडपर्वहरुलाई लक्षित गरी आफ्ना ग्राहकहरुका लागि “बजाज आधाको आधा” नामक ग्राहक योजना ल्याएको छ । जस अन्तर्गत ग्राहकहरुलाई आफुले किन्न लागेको बाईकको मूल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउनपेमेण्ट गरी बाईक लैजान सक्ने सुविधा दिईएको छ । यो योजना अन्तर्गत हरेक बाईकको खरिदमा रु ७,००० को नगद छुटको पनि ब्यबस्था गरेको छ ।