Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेसको चुनावी घोषणापत्र तयार गर्ने जिम्मा महामन्त्री शर्मालाई 


    बुधबार, भाद्र २२ २०७९
    665
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसले चुनावी घोषणापत्र निर्माणका लागि समिति गठन गरेको छ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणापत्र तयारी समिति गठन गरिएको हो । 

    आज प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले चुनावी घोषणापत्र तयारी संयोजकमा महामन्त्री विश्वप्रकाश शर्मालाई मनोनयन गर्नुभएको छ । जसअनुसार संयोजक शर्माले आसन्न निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गर्नुपर्ने छ । 

    यसअघि स्थानीय तहको निर्वाचनको घोषणापत्र महामन्त्री गगनकुमार थापाले तयार गर्नुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार