Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपा नेपालको महामन्त्री बर्तौला मकवानपुर-२ बाट सिफारिस


    बुधबार, भाद्र २२ २०७९
    950
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।  आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर २ बाट राप्रपा नेपालले संघीय सांसदको उम्मेदवारमा महामन्त्री राजाराम बर्तौलाको नाम सर्वसम्मतले  सिफारिस गरेको छ।

    राप्रपा नेपाल मकवानपुर जिल्ला कार्य समितिको बैठकले मकवानपुर -२ मा बर्तौलाको एकल सिफारिस भएको जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले बताए। 

    यसअघि नै मकवानपुर –१ बाट पार्टी अध्यक्ष कमल थापालाई जिल्ला समितिले सिफारिस गरिसकेको छ।

    प्रदेशको प्रत्यक्षतर्फ मकवानपुर–१ ‘क’ बाट राजाराम अर्याल, बद्री कुँवर, कमल बिडारी  ‘ख’ बाट दामोदर वाग्ले,प्रेमलाल श्रेष्ठ,अर्जुन ढुंगाना मकवानपुर–२ ‘क’बाट बैकुण्ठ सुवेदी, रामु रिजाल, सरोज गुरागाईं  ‘ख’ बाट राधाकृष्ण बिष्ट, सुजेन्द्र ठकुरी र चन्द्रमान लामा सिफारिस भएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार