Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल मिडिया काउन्सिल विधेयक विकास समितिमा पठाइयो


    बुधबार, भाद्र २२ २०७९
    740
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ प्रतिनिधिसभाले विकास तथा प्रविधि समितिमा पठाएको छ ।

    बुधबार बसेको प्रतिनिधिसभा बैठकले मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास तथा प्रविधि समितिमा पठाएको हो।

    नेपाल मिडिया काउन्सिललाई आफ्नो नियन्त्रणमा राखेर सरकारले विधेयक पास गर्ने सोच बनाएको र काउन्सिललाई निकायभन्दा पनि दलका कार्यकर्ता भर्ती केन्द्र बनाउने गरी विधेयक अघि बढाइएको भन्दै विभिन्न संगठनले आपत्ति जनाएका थिए। 

    नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँग सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिडिया काउन्सिल विधेयकमा रहेका विवादास्पद प्रावधान सच्याउने प्रतिबद्धतासमेत जनाएका थिए । 

    प्रतिनिधि सभाको अर्को बैठक २५ भदौ शनिबार दिँउसो १ बजे बस्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार