Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • राष्ट्रिय सभाका विषयगत चार समितिका सभापति निर्विरोध


    बुधबार, भाद्र २२ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय सभाका विषयगत चार समितिका सभापतिहरु निर्विरोध निर्वाचित हुने भएका छन् । चार समितिका सभापतिमा राजनीतिक दलहरूबीच सहमति गरेर एक-एक जनाको मात्रै उम्मेदवारी परेको छ साथै सबै समितिमा एक/ एक जनाको मात्र उम्मेदवारी परेका कारण सबै सर्वसम्मत भएका हुन् ।

    सभापतिका लागि भने भोलि निर्वाचन गर्ने तय भएको छ।

    दलहरूबीचको सहमतिमा बुधबार दिगो विकास तथा सुशासन समितिमा कांग्रेस सांसद प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा एकीकृत समाजवादीका वेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा एमालेकी दिलकुमारी रावल थापा (पार्वती)ले उम्मेदवारी दर्ता गराएकी छन् ।

    राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूबीच सहमति गरेर सभापतिमा उम्मेदवारी दिएकाले उनीहरू सर्वसम्मत भएको र घोषणा हुन मात्रै बाँकी रहेको राष्ट्रिय सभाका एक अधिकारीले बताए। 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार