Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिराहाका चारवटै क्षेत्रमा एमाले उम्मेदवार सिफारिस 


    बुधबार, भाद्र २२ २०७९
    655
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि एमालेले सिराहाका चारवटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । सिरहा क्षेत्र नम्वर ३ बाट पोलिटव्यूरो सदस्य तथा मधेस प्रदेश सहइन्चार्ज लिलानाथ श्रेष्ठ सर्वसम्मत सिफारिस भएका छन् । 

    निर्वाचन समन्वय कमिटी तथा प्रदेश सभा समन्वय कमिटी क्षेत्र नम्वर ३ को बैठकले पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठको नाम प्रतिनिधिसभाका लागि सर्वसम्मत सिफारिस भएको प्रदेश कमिटी अध्यक्ष दिपेन्द्र यादवले बताए। 

    क्षेत्र नम्वर ३ को प्रदेश ‘क’ बाट रामअवतार महतोको एकल नाम सिफरिस गरिएको छ । ‘ख’ तर्फ तीनचारजनाको नाम आएकाले समय लाग्ने यादवले बताए। 

    निर्वाचन समन्वय कमिटी तथा प्रदेश सभा समन्वय कमिटी क्षेत्र नम्वर ४ को बैठकले प्रतिनिधिसभाका लागि दुईजनाको नाम सिफारिस गरेको छ । प्रदेश सभाका लागि ‘क’ बाट पाँच र ‘ख’ बाट तीनजनाको नाम सिफारिस भएको छ । 

    प्रतिनिधिसभाका लागि इन्द्रेश राउत र अमरनाथ यादवको नाम सिफारिस भएको छ । प्रदेशतर्फ ‘क’ पवनकुमार महतो, पुलन महतो, प्रकाश महासेठ, जागेश्वर साह र विमल यादवको नाम सिफारिस भएको छ । प्रदेश ‘ख’को लागि जगतरैन देवी साह, विल्टु साह र विजयनन्द महतोको नाम सिफारिस भएको छ । 

    त्यस्तै, सिरहा क्षेत्र नम्बर १ बाट रामशंकर यादवको नाम सिफरिस भएको छ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार