Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसारकै ठूलो आँप, गिनिज बुकमा लेखियो नाम


    बुधबार, भाद्र २२ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ. । फलफूलको राजा मानिन्छ छ आँपलाई । आँप मन नपर्ने मानिस सायदै  होलान् । आँपको जात अनुसार  स्वाद मात्र नभइ फलको आकार पनि सानो ठूलो हुन्छ । दक्षिण अमेरिकाको कोलम्बियामा भने संसारकै सबैभन्दा ठूलो आँपको फलेको छ ।यसअघि सबैभन्दा ठूलो आँप फलाउने किर्तिमान फिलिपिन्सको नाउँमा थियो । 

    दक्षिण अमेरिकाका कोलम्बियाको गुआयाटामा बस्ने जम्र्यान ओर्लान्डो नोभा र उनकी पत्नी रेइया मारियाले संसारकै सबैभन्दा ठूलो आँपको फल फलाएर विश्व कीर्तिमान कायम गरेका छन् ।

    संसारकै सबैभन्दा ठूलो  आँपको तौल  ४ किलो २५० ग्राम रहेको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डस् उक्त आँपको दानालाई विश्वकै सबैभन्दा ठूलो आँपको दानाको रुपमा प्रमाणित गरेर प्रमाणपत्र नै दिइसकेको छ ।

    यसअघि सबैभन्दा ठूलो आँप फलाउने किर्तिमान फिलिपिन्सको नाउँमा थियो । त्यहाँका एक किसानले सन् २००९ मा ३ किलो ४३५ ग्रामको आँपको फल फलाएका थिए ।

    कोलम्बियाको गुआयाटा गाउँमा व्यवसायिक रुपमा आँपखेती हुँदैन । गाउँलेहरुले घरमा खानका लागि मात्रै आँपका रुख रोप्ने गरेका छन् । घरमै खानका लागि रोपेको आँपको रुखले विश्व किर्तिमान कायम गरिदिएपछि अहिले गाउँकै पहिचान विश्वव्यापी बनेको छ ।

    गिनिज बुकका अधिकारीहरुले आधिकारिक रुपमा उक्त आँपको फललाई सबैभन्दा ठूलो आँपको फलको रुपमा प्रमाणित गरेसँगै त्यसलाई काटियो र त्यहाँ उपस्थित सबै जनालाई खान दिएर उत्सव मनाइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार