Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साफ महिला च्याम्पियनशिपमा नेपालको बिजय सुरुवात


    मंगलबार, भाद्र २१ २०७९
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले  विजयी सुरुवात गरेको छ । आज मंगलबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४-० ले पराजित गर्दै विजयी भएको हो । 

    नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले समान २-२ गोल गरे । सावित्राले खेलको १२औं र ६८औं मिनेटमा गोल गर्दा अनिताले ५३औं र ८५औं मिनेटमा गोल गरे । 

    पहिलो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले तीन अङ्क जोडेको छ । नेपालले अब भदौ २७ गते सोमबार श्रीलङ्कासँग खेल्ने छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार