Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्यटनमन्त्री श्रेष्ठलाई सार्वजनिक रुपमा माफी माग्न सल्लाह 


    मंगलबार, भाद्र २१ २०७९
    670
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आफ्नो जिम्मेवारी पालना गर्दा सुरक्षागार्डलाई पक्राउ गरी थुनामा राखिएको घटनाको विषयलाई लिएर मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने संसदमा आवाज उठेको छ । 

    मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै डा. विमला राई पौडेलले जनताले तिरेको करबाट तलबभत्ता खाने शासक नभएर सेवक रहेको भन्दै मन्त्री श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने सल्लाह हुन् । 

    ’ उनले बैठकमा भनिन्, ‘उहाँले (मन्त्री श्रेष्ठ) सार्वजनिक रुपमा माफी माग्नुपर्छ । राजीनामा त उहाँले दिनुहुन्न मलाई थाहा छ, तर सार्वजनिक रुपमा भने माफी माग्नुपर्छ ।’ 

    आफूहरु शासक नभएर सेवक रहेको स्थापित गर्न पनि मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने उनको माग छ । 

    पर्यटनमन्त्री श्रेष्ठले शुक्रबार सुरक्षामा खटिएका गरुड सेक्युरिटिज गार्डका सुपरभाइजर ५१ वर्षीय गुरुङमाथि दुर्व्यवहार गरेको आरोप लगाएका थिए। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार