Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई जिल्लाका तीन ठाउँबाट अर्बपति चौधरीको नाम सिफारिस


    मंगलबार, भाद्र २१ २०७९
    805
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगी विनोद चौधरीको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारमा तीन ठाउँबाट सिफारिस भएको छ । 

    प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य चौधरीको नाम नवलपरासीको क्षेत्र नम्बर १ का साथै नवलपुर निर्वाचन क्षेत्र नम्बर १ र २ बाट प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएको हो । 

    नवलपरासी १ मा कांग्रेस नेता चौधरीसहित पाँचजनाको नाम सिफारिस भएको छ । 

    नवलपुर क्षेत्र नम्बर २ मा उद्योगी चौधरीलाई उम्मेदवार बनाउनुपर्ने स्थानीयको माग छ । 

    कांग्रेस नेता चौधरीले पार्टीको निर्णयअनुसार आफू जहाँबाट पनि चुनावमा उठ्न तयार रहेको बताउँदै आएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार