Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै, लाग्छ त टुंगो ?


    मंगलबार, भाद्र २१ २०७९
    1.7K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्ता गठबन्धनमा सिट बाँडफाँटको टुंगो लगाउनका लागि गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।

    सोमवार बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटको टुंगो लाग्न सकेन। हिजोको बैठक निष्कर्ष बिना नै टुंगिएपछि आज पुनः बैठक बस्न लागेको स्रोतले जनाएको छ ।

    उक्त बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  बस्न लागेको हो । आजको बैठकले सिट बाँडफाँट टुंगो लगाउने र प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी छ । 

    संघ र प्रदेशको खाकासहित सिट संख्यामा सहमति जुटाएर आजै प्रतिवेदन समेत तयार पार्ने गृहकार्यमा समिती जुट्ने भएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार