Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  मोटरसाइकल दुर्घटना हुँदा स्याङ्जामा एक जनाको मृत्यु 


    मंगलबार, भाद्र २१ २०७९
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। मोटरसाइकल दुर्घटना हुँदा स्याङ्जामा एक जनाको मृत्यु भएको छ। स्याङ्जाको हरिनास गाँउपालिका–३ राहालेमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जना ३५ बर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो । 

    मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको बहुदरमाई नगरपालिका–६ स्थायी घर भई हाल तनँहुको शुक्लगण्डकी नगरपालिका–४ मा व्यवसाय गरी बस्ने अन्दाजी ३५ बर्षीय जय प्रकास साह रहेका छन् । 

    हिजो साँझ साढे ५ बजे दुलेगौडाबाट तनँहु जाँदै गरेको ग ११ प १५११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको इलाका प्रहरी कार्यालय चिसापानीले बताएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार