काठमाडौँ। पाल्पाको तिनाउ गाँउपालिका–३ सिद्धबाबामा आज बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।
आज बिहान करिब सवा ४ बजे पहिरो खसेको थियो ।
अहिले पहिरो हटाई सडक खुलाउन सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय भइरहेको प्रहरी चौकी दोभानलेबताएको छ।
पहिरो खसेर उक्त राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन लगायत यात्रुहरुलाई सकस भएको प्रहरीले जनाएको छ।