Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति समक्ष पुनः नागरिकता विधेयक, प्रमाणीकरण गर्नैपर्ने दबाब


    मंगलबार, भाद्र २१ २०७९
    810
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको छ। दुबै सदनबाट पारित भएको विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि पुनः राष्ट्रपति कार्यालय पठाएका हुन् । 

    साउन २९ गते  राष्ट्रपति भण्डारीले सन्देशसहित सो विधेयकमा पुनर्विचार गर्न आवश्यक रहेको निष्कर्षसहित संसद्मा फिर्ता पठाएकी थिइन् । तर, दुवै सदनबाट विधेयक हुबहु पारित गरिएको थियो । 

    दोस्रोपटक संघीय संसद्का दुवै सदनले विधेयक पारित गरेर पठाएकाले अब राष्ट्रपतिले अनिवार्य विधेयक पारित गर्नैपर्ने संबैधानिक दबाब छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार