Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वडीआईजीदेखि कर्णेलसम्मको पैसा चलाउँदा गुरुङ जेल पुगे


    मंगलबार, भाद्र २१ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्वडीआइजी चिरन्जीवी अधिकारीसहितका ब्यक्तिको पैसा सापटीलिएर नतिर्ने एक टिपर ब्यवसायी जीतबहादुर गुरुङ जेल चलान भएका छन् । बुटवलका जीतबहादुर गुरुङ सिमेन्ट उद्योगको चुनढुंगा लगायतका सामान ढुवानी गर्ने टिपर ब्यवसायी हुन् ।

    जीत सप्लायर्स नामक कम्पनीका संचालक गुरुङले राजेशकुमार श्रेष्ठसँग ७६ लाख रुपैयाँ, सशस्त्रका पूर्वडीआइजी चिरन्जीवी अधिकारीको २४ लाख रुपैयाँ, अच्यूत पोखरेलसँग ६५ लाख र कार्की थरका नेपाली सेनाका एक पूर्व कर्णेलको २५ लाख रुपैयाँ सापटी लिएका थिए । तर गुरुङले पैसा नतिरेपछि पैसा सापटी दिनेहरु प्रहरी गुहार्न पु्गे । गुरुङले एनआइसी एसिया बैंकको नाममा चेक दिए पनि खातामा पैसा नभएको पाइएपछि सापटी दिने राजेश श्रेष्ठसहितका पीडितहरुले प्रहरीमा उजुरी हाल्न पुगेका थिए । 

    पैसा सापटी लिएका गुरुङले चेक दिएर आलटाल गर्दैआएका थिए । श्रेष्ठ, अधिकारी, सापकोटाले चेक नसाटिएपछि प्रहरीमा उजुरी दिए । बाउन्स गरिएका चेक सहित उजुरी दिएपछि काठमाडौंको प्रहरी बृत्त सिंहदरवारले गुरुङलाई केही दिनअघि पक्राउ गरेको थियो । प्रहरीले अदालतमा मुद्दा दायर गरेपछि धरौटी राख्न नसकेकाले गुरुङ सोमबार केन्द्रीय कारागार डिल्लीबजारमा थुनामा गएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार