Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्बपति चौधरीको नाम नवलपरासी १ बाट सिफारिस 


    सोमबार, भाद्र २० २०७९
    965
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट अर्बपति विरोध चौधरीको नाम सिफारित गरेको छ । अर्बपति चौधरीसहित काँग्रेसले नवलपरासी क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम उम्मेदवारका लागि छनोट गरेको हो । 

    अन्यमा देवकरण कलवार, विक्रम खनाल,कुल्दिप आचार्य र उषा बास्तोला सिफारिस गरिएको काँग्रेस नवलपरासीले जानकारी दिएको छ । यसैगरी क्षेत्र नंम्बर २ मा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेल सर्वसम्मत सिफारिस भएका छन् । 

    प्रदेश सभा सदस्यतर्फ १ (क) बाट विश्व प्रेम पाठक र (ख) मा मुकुल आचार्य छनोट भएका हुन् । क्षेत्र नम्बर २ (क) मा मोहन शर्मा र (ख) मा बैजनाथ कलवार र नगेन्द्र अग्रहरिको नाम सिफारिस गरिएको काँग्रेस नवलपरासले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार