Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीकाे दर्ज्यानी चिह्न प्रदान


    सोमबार, भाद्र २० २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाण्डाै। पाँच दिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छन् । 

    सोमबार दिउँसो राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रममा भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी हुन् । 

    नेपाल र भारतबीच प्रधानसेनापतिलाई एक अर्काको देशमा मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न र सम्मान दिने चलन रहेको छ । नेपालका प्रधानसेनापति प्रभुराम शर्माले यसअघि नै भारत पुगेर दर्ज्यानी चिह्न ग्रहण गरिसकेका छन्। 

    सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि हिजो आइतबार काठमाडौं आएका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार