Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लोसपा धनुषा-३ द्वारा राजेन्द्र महतो एकल सिफारिस


    सोमबार, भाद्र २० २०७९
    930
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट राजेन्द्र महतोलाई लोसपा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ ले प्रतिनिधिसभाका लागि एकल नाम सिफारिस गरेको छ।

    सोमबार लोसपा क्षेत्रीय समिति बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई  सर्वसम्मतले सिफारिस गरेको हो।

    महतो हाल सोही निर्वाचन क्षेत्रबाट सांसद छन्। उनी तत्कालीन (राजपा) बाट निर्वाचित भएका थिए ।

    उनले अघिल्लो निर्वाचनमा कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए। यसपटक कांग्रेस धनुषा ३ ले निधिलाई समानुपातिकमा राखेर पठाएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार