काठमाडौं। पूर्व टेलिभिजन कार्यक्रम प्रस्तोता अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पर्यटनमन्त्री जीवनराम श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जेल पठाएका सुरक्षागार्ड शेरजंग गुरुङसँग भेटवार्ता गरेका छन् । गुरुङलाई राखिएको प्रहरी कार्यालय, दरबारमार्गमा पुगेर उनले गुरुङसँग भेटवार्ता क्रममा उनले गुरुङलाई धन्यवाद समेत दिएका थिए । उनको धन्यवादले गुरुङ अचम्म परेका थिए।
लामिछानेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङसँगको भेटबारे जानकारी गराउँदै लेखेका छन्–”प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङ सँग भेटेर उनलाई धन्यवाद दिएर आएको छु किन भने कानुन सबैलाई बराबर हुन्छ। शेरजंग भन्छन् “गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन यदि थाहा भए पनि मेरो डिउटी त गर्नै पर्यो।” यदि उनको भनाइ सत्य हो भने उनलाई हिरासतमा राख्ने होइन ससम्मानसहित रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्।”
शुक्रवार ठमेलस्थित छायाँ सेन्टरमा रहेको एफएस ग्लोबल भिसा सेन्टरमा पुगेका मन्त्रीलाई गुरुङले लाइनमा बस्न भनेपछि मन्त्री र सुरक्षागार्ड गुरुङबिच विवाद पश्चात मन्त्रीले गुरुङलाई पक्राउ गराएका थिए।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend