Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दै


    सोमबार, भाद्र २० २०७९
    990
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक सोमबार पनि बस्दैछ। 

    आइतबार पनि सत्ता गठबन्धन र कार्यदलको बैठक बसेको थियो। तर सहमति जुट्न सकेन। सत्तारूढ गठबन्धनमा आवद्ध दलहरूले आ-आफ्नो दावीबाट पछि नहट्दा सिट बाँडफाँटको विषयमा अझै सहमति जुट्न नसकेको हो। 

    सहमति नजुटेपछि उक्त बैठक सोमबार दिउँसो १ बजेका लागि डाकिएको छ। 

    आज भने सिट बाँडफाँटलाई टुंगोमा पर्‍याउने गरी बैठक बस्न लागेको हो।

    कार्यदलमा सहमति जुटे प्रतिवेदन शीर्ष नेतालाई पेश गरिनेछ।

    मंसिर ४ मा हुने निर्वाचनमा सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्य दल गठन गरिएको छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार