Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • प्रधानसेनापति शर्मा र भारतीय सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता 


    सोमबार, भाद्र २० २०७९
    850
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय स्थल सेनाध्यष मनोज पाण्डेबीच भेटवार्ता भएको छ । 

    नेपालको पाँच दिने भ्रमणमा रहेका पाण्डेबीच सोमबार सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जनाएका छन् । 

    उक्त भेटवार्तामा दुई देशका सेना प्रमुखबीच द्विपक्षीय हित, सैन्य सहयोग लगायतका अन्य विषयमा छलफल भएको जनाइएको छ । 

    पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे हिजो आइतबार काठमाडौं आइपुगेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार