Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्ता गठबन्धनमा भागबण्डा मिलाउनै सकसः आज पुनः कार्यदल बैठक बस्ने


    सोमबार, भाद्र २० २०७९
    745
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ । आज दिउँसो १ बजे  बैठक बस्न लागेको हो । 

    आइतबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँटको औपचारिक खाका ल्याउन कार्यदललाई निर्देशन दिएको थियो । कार्यदल सदस्यसँग दुई दिनभित्रै भागबण्डा मिलाउने गरी खाका ल्याउन भनिएको छ । शीर्षस्थ नेताको निर्देशन अनुसार नै छिट्टै भागबण्डा मिलाउने गरी आजको बैठक बोलाइएको एक सदस्यले बताए । 

    कार्यदलले सहमति जुटाएर शीर्ष नेताहरुसमक्ष प्रस्ताव लिनेछ । सोही सिफारिसका आधारमा शीर्ष नेताहरुले अन्तिम निर्णय गर्ने बताइन्छ । 

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार