Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले धनुषाबाट महासेठ दम्पती सर्वसम्मत सिफारिस 


    सोमबार, भाद्र २० २०७९
    900
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेबाट धनुषा क्षेत्र नम्बर ३ र ४ मा रघुबीर महासेठ दम्पतीको नाम सर्वसम्मत सिफारिस भएको छ । क्षेत्र नम्बर ३ मा जुलीकुमारी महतो र क्षेत्र नम्बर ४ मा रघुवीर महासेठको नाम सिफारिस भएको हो ।

    महासेठ अहिले धनुषा ४ बाटै प्रत्यक्ष निर्वाचित सांसद छन् भने महतो समानुपातिक सांसद हुन् ।  एमाले सचिव तथा स्थायी कमिटी सदस्य समेत रहेका महासेठको एकल नाम क्षेत्र नम्बर ४ को क्षेत्रीय कमिटीले सिफारिस गरेको हो ।

    पोलिटव्यूरो सदस्य महतोको नाम क्षेत्र नम्बर ३ को क्षेत्रीय कमिटीले एकल नाम सिफारिस गरेको  एमाले धनुषाले बताएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार