Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले अछाम १ बाट डा.रावललाई टिकट दिने पक्कापक्की 


    आइतबार, भाद्र १९ २०७९
    1.8K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेले अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि डा.भिम रावलको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ । एमाले अछाम क्षेत्र नम्बर १ निर्वाचन समन्वय कमिटीको आज बसेको बैठकले डा. रावलको नाम सिफारिस गरेको हो  । 

    यसैगरी अछाम क्षेत्र नम्बर २ मा यज्ञ बहादुर बोगटीलाई प्रतिनिधिसभा सदस्यका लागि एकल उम्मेदवारको रुपमा छनोट गरिएको एमाले अछामले जनाएको छ । 

    एमालेले निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेशसभा सदस्य अन्तर्गत प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस गरेको छ । जसमा प्रकाश शाहा, देव बहादुर कुवर, देब बहादुर साउद, सीता कुवर रहेका छन् । त्यसकै ख निर्वाचन क्षेत्रमा भने कृष्ण प्रसाद जैशी, केशर बहादुर साउद, डिबि साउद, पद्मा तिमिल्सिना न्यौपाने छानिएका हुन् । 

    यस्तै अछाम निर्वाचन क्षेत्र नम्बर २ (क) प्रदेशसभा सदस्यका लागि सात जना छनोट भएका छन् । जसमा बमबहादुर बिसि, भिम बिस्ट, कमल रावल, बलबहादुर कुवर, नन्द चलाउने, प्रेम खत्र र  शिद्दादेवी शाही छन् ।  निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट चन्द्र बोहरा, शिव प्रसाद उपाध्याय, भिम रावल कालोटोपी, दिपक अधिकारी, भिम जनला, कृष्ण साउद,  लिला केसी र टोप शाहीको नाम सिफारिसमा परेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार