Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  गोरखा २ मा बाबुरामको नाम सिफारिस


    आइतबार, भाद्र १९ २०७९
    935
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल समाजवादी पार्टी गोरखाले पार्टीका केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईलाई आगामी निर्वाचनका लागि गोरखा २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ।

    सिफारिसअनुसार भट्टराई गोरखा २ बाट ४ मंसिरमा हुने प्रतिनिधि सभातर्फ प्रत्यक्ष उम्मेदवार हुनेछन्। 

    भट्टराईले शनिबार गोरखामा पत्रकारहरूसँग कुराकानी गर्दै आफू गोरखा २ मै चुनाव लड्ने दाबी गरेका छन्। तर भट्टराईले हँसिया हतौडा चुनाव चिन्हबाट उठ्ने भएकोले नेकपा माओवादीसँग उनले छलफल गर्न बाँकी नै रहेको बताएका थिए।

    शनिबार गोरखामा बसेको नेपाल समाजवादीको विस्तारित बैठकले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पार्टीबाट उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार