Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसँग तेस्रो दिनको बयान शुरू


    आइतबार, भाद्र १९ २०७९
    730
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैं। प्रतिनिधि सभाको महाभियोग सिफारिश समितिमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तेस्रो दिनको बयान दिन शुरू गरेका छन् । 

    भदौ १५ र १६ गते महाभियोग सिफारिश समितिमा चोलेन्द्रले बयान दिइसकेका छन् । 

    चोलेन्द्रले ४३ मध्ये ६ वटा प्रश्नको मात्र जवाफ दिएका छन् । 

    आइतवार सातौं प्रश्नबाट उक्त बयान फेरी शुरू भएको छ ।

    चोलेन्द्रविरुद्ध गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो । 

    चोलेन्द्रले ६ महिना देखि महाभियोग सामना गरिरहेका छन्। उनले महाभियोग प्रस्ताव निष्कृय भइसकेको दावी पनि गरेका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार