Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  श्रीमान श्रीमती दुबैलाई निर्वाचनमा टिकट दिने परिपाटी हटाउन माग


    शुक्रबार, भाद्र १७ २०७९
    825
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा श्रीमान र श्रीमती दुबै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्ने माग गरेका छन्। 

    प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले आगामी निर्वाचनमा श्रीमान र श्रीमती दुबै जनालाई टिकट दिने परिपाटी त्याग्नु पर्ने बताए। 

    उनले भने ‘‘श्रीमान प्रत्यक्ष टिकट पायो भने श्रीमती समानुपातिकमा, श्रीमान समानुपातिकमा भए श्रीमती प्रत्यक्षमा हुने परिपाटी हटाउनुपर्छ । किनभने श्रीमान, श्रीमती दुबै सांसद हुँदा अरु हरेक पार्टीका कार्यकर्ताहरुले टिकट नपाउने र त्याग तपस्यालाई सधैँ समस्या परिरहने भयो । त्यसैले, श्रीमान र श्रीमती दुबैजना उम्मेदवार भएमा उम्मेदवारी खारेज गर्ने नियम बनाउनका लागि निर्वाचन आयोगलाई उनले आग्रह गरे। 

    नेपाल विद्यार्थी संघले भिसीको कार्यालयमा गएर तोड्फोड गर्ने तथा त्रिवि कार्यकारी समिति बैठकको कागजात खोस्नेलगायतका कामहरु गरिरहेको भन्दै दोषी उपर मुद्दा दर्ता समेत हुन नसकेको उनको भनाइ छ ।

    सांसद गिरीले विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखले गरेको रुलिङ अनुसार काम नभएको भन्दै उनले आपत्ति जनाए । सांसद गिरीले प्रधानमन्त्री र शिक्षामन्त्री विश्वविद्यालय खुलाउनतर्फ नलागेको उनले आरोप लगाए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार